बुधबार, १७ भदौ २०८३
सोमबार, ०१ असार २०८३ · राजनीति
काठमाडौं, असार १ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक (बजेट) माथि मन्त्रालयगत छलफल सुरु भएको छ।
संसद् सचिवालयका अनुसार बैठकको प्रारम्भमा सभामुखले विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेरसम्बन्धी प्रस्ताव प्रस्तुत गरेपछि छलफल अघि बढाइनेछ। आजको बैठकमा सांसदहरूले बजेट शीर्षकमाथि खर्च कटौतीको प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
आज युवा तथा खेलकुद; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; उद्योग, वाणिज्य तथा आपूर्ति; कृषि तथा पशुपन्छी विकास; वन तथा वातावरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित ९ वटा मन्त्रालयको बजेट शीर्षकलाई समूहकृत गरेर छलफल गरिने संसद् सचिवालयले जनाएको छ।