logo-image

बुधबार, २७ जेठ २०८३

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे स्पष्टिकरण दिन परराष्ट्रमन्त्री सहमत भएपछि प्रतिनिधिसभा बैठक सुरु

बुधबार, २७ जेठ २०८३ · राजनीति

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे स्पष्टिकरण दिन परराष्ट्रमन्त्री सहमत भएपछि प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं, जेठ २७ ।  प्रधानमन्त्री बालेन्द्र साहको सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधि सभामा स्पष्टिकरण दिने विषयमा सहमति भएसँगै  प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।

परराष्ट्रमन्त्री खनालले  स्पष्टिकरण दिने विषयमा विपक्षी दलहरु सहमत भएसँगै सभाको बौठक बसेको हो । प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्री स्वयंले सभामा आएर स्पष्टिकरण दिनुपर्ने माग गरेको छ । अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री स्वयं उपस्थित भएर आफ्नो धारणा राख्नुपर्ने भन्दै अरू मन्त्रीमार्फत जवाफ दिनु न्यायसंगत तथा संविधानसम्मत नभएको बताउनुभयो । उहाँले प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा आफ्नो धारणा लिखित रूपमा पठाउनुपर्ने धारणा राख्दै गल्ती एक जनाले गर्ने र अर्कोले त्यसको बचाउ वा सच्याउने अभ्यास स्वीकार्य नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीज्यूले जवाफ दिनेकुरा सुन्नमा आएको छ । यसमा हाम्रो सहमति छैन । प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउने कुरा हो । हाम्रो माग अरु केही होइन । उहाँ यहाँ आउँदै नआउने, अरु कसैले स्पष्टिकरण दिनेकुरा न्यायसंगत छैन, संविधानसम्मत छैन । उहाँको आफ्नो धारणा के हो त ? उहाँले यहाँ बोल्न आउनुभएन भने लिखत रुपमा धारणा पठाउनुप¥यो । नत्र एउटाले गल्ति गर्छ अर्कोले सच्याउने कुरामा हामी सहमत छैनौँ ।’

प्रधानमन्त्री बालेन्द्र शाहले भारतले मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको विवादित अभिव्यक्ति दिनुभएको थियो । –न्युज एजेन्सी नेपाल