मङ्गलबार, १९ जेठ २०८३
मङ्गलबार, १९ जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ १९ । प्रतिनिधि सभा बैठक यही जेठ २५ गतेसम्मको लागि स्थगित भएको छ ।
विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले जेठ २५ गते बिहान ११ बजे बस्नेगरी स्थगित गर्नुभयो । बैठक शुरु हुनेबितिकै विपक्षी दलका सांसदहरुले विरोध जनाएका थिए । सभामुख अर्यालले कानून निर्माण गर्ने महत्वपूर्ण थलो रहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए । तर विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र साहले नेपाल र भारतको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता नलिएसम्म संसद अघि बढ्न नदिने बताए ।
प्रधानमन्त्री शाहले भारतले मात्र नभई नेपालले समेत भारतको सीमा मिचेको भनि दिएको अभिव्यक्तिको विरोधमा विपक्षी दलहरुले संसदका दुवै सदनमा अवरोध गर्दै आएका छन् । –न्युज एजेन्सी नेपाल