आइतबार, २१ भदौ २०८३
बिहिबार, १९ चैत २०८२ · राजनीति
काठमाडौं, चैत १९ । अर्थ मन्त्रालयले आज राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न उच्चस्तरीय छलफल गर्दैछ । छलफल अर्थमन्त्री स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने र बैठकमा गृहमन्त्री सुधन गुरुङ सहभागी हुने भएका छन् ।
साथै प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, राजश्व प्रशासनका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख सहभागी हुने भएका छन् । यस्तै, राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा तथा विभागका प्रमुखहरू पनि बैठकमा सहभागी हुने अर्थ मन्त्रालयले जनाएको छ ।
राजश्व छली र चोरी पैठारी नियन्त्रण तथा कानुन कार्यन्वयनका विषयमा अर्थमन्त्री वाग्लेले बैठकमा महत्वपूर्ण निर्देशन दिने पनि अर्थ मन्त्रालयले जनाएको छ। बिहान ११ बजे सुरु हुने बैठक एक घण्टा चल्नेछ ।