logo-image

बुधबार, ०९ वैशाख २०८३

गृह मन्त्रालयमा राति अबेरसम्म उच्च सुरक्षा बैठक, के ठूलै अप्रेसन हुँदैछ?

बुधबार, ०९ वैशाख २०८३ · राजनीति

गृह मन्त्रालयमा राति अबेरसम्म उच्च सुरक्षा बैठक, के ठूलै अप्रेसन हुँदैछ?

काठमाडौं, वैशाख ९ । गृहमन्त्री सुधन गुरुङ र प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसहित उच्च सुरक्षा अधिकारीहरूबीच गृह मन्त्रालयमा करिब पाँच घण्टा लामो महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

राति अबेरसम्म चलेको उक्त बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायतका उच्च सुरक्षा प्रमुखहरूको सहभागिता रहेको थियो भने स्रोतका अनुसार बैठकको मुख्य एजेन्डा थाँती रहेका 'हाइप्रोफाइल' व्यक्तिहरूविरुद्धको कारबाही र नयाँ कार्ययोजनामा केन्द्रित थियो।

बैठक सकिएर राति ११ बजे बाहिरिँदा गृहमन्त्री गुरुङको अनुहारमा एउटा अर्थपूर्ण मुस्कान देखिए पनि उनले सञ्चारकर्मीका प्रश्नहरूको ठोस जवाफ दिनुको सट्टा "कति दुःख पाउनुभएको तपाईंहरूले, खाना त खानुभयो नि?" भन्दै विषय टार्ने प्रयास गरे।

'हाइप्रोफाइल' फाइलहरू पुनः खुल्ने सम्भावनाबारे सोधिएको प्रश्नमा पनि उनले "बिस्तारै थाहा हुन्छ" भन्ने रहस्यमय र संक्षिप्त प्रतिक्रिया दिएर बाहिरिएका छन्, जसले आगामी दिनमा सुरक्षा निकायबाट कुनै ठूलो कदम चालिने संकेत गरेको छ।