logo-image

शुक्रबार, २६ असार २०८३

ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ

शुक्रबार, २६ असार २०८३ · राजनीति

ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ

काठमाडौं, असार २६ । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारको सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित रहेको आरोप लगाउनुभएको छ । 
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले राज्यको यस्तो गरिवमारा निर्णयका कारण आज गणेश नेपाली र उनीहरुजस्ता गरिव नागरिकले मर्नुपर्ने अवस्था आएको जिकीर समेत गर्नुभयो । नेता शाहीले गरिव, दुःखी र निमुखा नागरिकलाई सरकार आवश्यक भएपनि सरकारले उक्त व्यवहार देखाउन नसकेको दाबी समेत गर्नुभयो । उहाँले सरकारको नीति, नियम र निर्णय धनीहरुको पक्षमा मात्रै रहेको पनि बताउनु भयो ।
नेता शाहीले भन्नुभयो,‘गणेश नेपालीको मृत्यु यो राज्यको नीतिको कारणले भयो । र, उहाँले आत्मादाह गर्नु भयो । म यो सम्मानित सदनमार्फत सम्माननीय प्रधानमन्त्रीज्यूले यो विनम्र अपिल गर्न चाहन्छु–यो काठमाडौं शहर अर्वपति र करोडपतिहरुको मात्रै हो ? यो गरिव, दुःखी, श्रमिक र निमुखाहरुको शहर हो वा होइन ? यदि गरिव दुःखी जनताको शहर होइनेभने यो नेपालको राजधानी किन भयो ? नेपालको राजधानी हो भने गरिव, दुःखी र सर्वहारा वर्ग र जनताको पनि यो शहर हो ? आज गरिव, दुःखी जनता यो सहरमा बाँच्न नपाउने भईसके–अघिल्लो पटक मेयर भएदेखि नै । यो अवस्था आज सृजित भएको छ । सरकार कसलाई चाहिन्छ ? सरकार अर्वपतिलाई चाहिँदैन सभामुख महोदय । र करोडपतिलाई पनि सरकार चाहिँदैन । उनीहरुलाई त्यति आवश्यक हुँदैन सरकारको । सरकार ती व्यक्तिलाई चाहिन्छ, जो गरिव छन, निमुखा छन् । जो अपहेलित छन्, उसलाई सरकारको आवश्यक्ता छ । तर आज सरकार ठयाक्क उल्टो देखिन्छ । सरकरको नीति पनि उल्टो छ सभामुख महोदय । आज सरकारका ऐन, नियम, नीति हेर्दा हुनेखाने, करोडपति र अर्बपतिहरुको पक्षमा केन्द्रित देखिन्छ । यही नियम, ऐन, मन्त्रीपरिषद्को निर्णय लिएर पढाउन सक्छु सभामुख महोदय । यो सरकार गरिवका लागि देखिँदैन । जसको खल्तीमा पैसा छ, उसले नेपालमा बाँच्न पाउँछ, तर जसको खल्तीमा पैसा छैन, उसले बाँच्न पाउँदैन भन्ने खालको सन्देश सरकारको नीति तथा कार्यक्रमले दिईरहेको छ सभामुख महोदय ।’
नेता शाहीले काठमाडौं शहर हुनेखानेहरुको मात्रै हो ? भनि प्रधानमन्त्री बालेन्द्र साहलाई प्रश्न समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल

 

ताजा समाचार