logo-image

बुधबार, २४ भदौ २०८३

विपद् प्रतिकार्यमा सरकारको भुमिकामाथि प्रश्न गर्ने ठाउँ देख्दिनँः रवि लामिछाने

बुधबार, २४ भदौ २०८३ · राजनीति

विपद् प्रतिकार्यमा सरकारको भुमिकामाथि प्रश्न गर्ने ठाउँ देख्दिनँः रवि लामिछाने
 
काठमाडौं, भदौ २४ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले रसुवाको भोटेकोशी बाढीपछिको खोज, उद्धार, उपचार र राहत वितरणमा सरकारको भूमिकामाथि प्रश्न उठाउँने ठाउँ नरहेको बताउनुभएको छ । 
प्रतिनिधि सभाको बुधवारको बैठकलाई सम्बोधन गर्दै उहाँले बाढी प्रतिकार्यमा सरकारको बचाउ गर्नुभएको हो । उहाँले विपद्को समयमा सरकारको भुमिकालाई सत्ता र प्रतिपक्षको परम्परागत दृष्टिकोणबाट हेर्न नहुने पनि बताउनु भयो । उहाँले विपद्को शुरुवाती घण्टादेखि सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी उद्धार, राहत र उपचारको काम अघि बढाएको बताउनु भयो । उहाँले हवाई उद्धारको ठूलो र व्यवस्थित अभियान यसअघि विरलै भएको दाबी पनि गर्नुभयो । उहाँले घाइतेको उद्धार तथा उपचार, विस्थापित परिवारका लागि अस्थायी बसोबास र खाद्यान्न व्यवस्थापनमा सरकार गम्भीर भएर लागिपरेको पनि बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘यो विपद्को समयमा सरकारको भुमिकालाई सत्ता र प्रपितपक्षको परम्परागत चश्माले हेर्नुपर्ने म देख्दिनँ । विपत्तीका शुरुकै घटनामा सरकारले सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेर उद्धार, राहत र उपचारको काम शुरु ग¥यो । हजारौँ सुरक्षाकर्मीहरु तत्काल प्रभावित क्षेत्रमा खटिए । तथ्यसहित भन्न सकिन्छ, हवाई उद्धारको यति ठूलो र व्यवस्थित अभियान यसअघि विरलै भएको थियो । घाइतेहरुको उद्धार र उपचार, विस्थापित परिवारको लागि अस्थायी बसोबास र खाद्यान्नको लागि सरकारको तत्परतामा म प्रश्न गर्ने ठाउँ देख्दिनँ । राज्यले बाढी प्रभावित नागरिकको सुरक्षा र आधारभूत आवश्यकताको पूर्ण जिम्मेवारी लिएको छ ।’
सभापति लामिछानेले बाढी प्रभावित नागरिकको सुरक्षा तथा आधारभुत आवश्यकताको पूर्ण जिम्मेवारी सरकारले लिइरहेको समेत बताउनु भयो ।