logo-image

सोमबार, २१ वैशाख २०८३

गरिब तथा भूमिहीन नागरिकलाई सडकमा बस्न बाध्य बनाउने सरकारको नीति स्वीकार्य छैनः हर्क राई

सोमबार, २१ वैशाख २०८३ · राजनीति

गरिब तथा भूमिहीन नागरिकलाई सडकमा बस्न बाध्य बनाउने सरकारको नीति स्वीकार्य छैनः हर्क राई
काठमाडौं, वैशाख २१ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुम्बासी बस्ती खालि गराउने सरकारको कार्यको विरोध गर्नुभएको छ । 
 
सोमवार काठमाडौंको थापाथलीस्थित सरकारले हटाएको सुकुम्बासी बस्तीमा पुग्नुभएका अध्यक्ष राईले गरिब तथा भूमिहीन नागरिकलाई सडकमा बस्न बाध्य बनाउने सरकारको नीति स्वीकार्य नहुने बताउनुभएको हो । उहाँले सुकुम्बासी पनि नेपाली नागरिक भएकाले उनीहरूको गास, वास र कपासको अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो । 
 
उहाँले भन्नुभयो, ‘सुकुम्बासीलाई विस्थापित गर्नु हुँदैन । उहाँहरु पनि नेपाली नागरिक हुनुहुन्छ । यो देश गरिबको पनि हो । गरिब नागरिकलाई सडकमा बस्न बाध्य बनाउनु हुँदैन । गरिबको लागि बासस्थानको उचित व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’
 
राज्यले सबै वर्ग र तहका नागरिकका समस्या समाधान गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।–न्युज एजेन्सी नेपाल
 
 

ताजा समाचार