शनिबार, २३ साउन २०८३
शुक्रबार, २२ साउन २०८३ · राजनीति
काठमाडौं, साउन २२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउतनुभएको हो । उहाँले अनसनरत इन्टर्न चिकित्सक हरिजनको जीवन रक्षाका लागि समेत सकारको ध्यानाकर्षण गराउनु भयो । उहाँकाअनुसार चिकित्सक हरिजन वीर अस्पतालको आईसीयुमा रहेका छन् । प्रमुख सचेतक ओलीले इन्टर्न चिकित्सकहरूलाई स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता सबै सार्वजनिक तथा निजी शिक्षण संस्थाले अनिवार्य उपलब्ध गराउनुपर्ने तथा श्रम ऐनमा व्यवस्था भएअनुसारको कार्यघण्टाको कार्यान्वयन गर्न माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले वीर अस्पतालको आईसियुमा एमबीबीएस बिडिएस इन्टर्नका आन्दोलनरत डा. हुनुहुन्छ । माईतीघर मण्डलामा अनसन बस्नुभएको उहाँ आज आईसियुमा हुनुहुन्छ । यस विषयमा म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । उहाँको माग भनेको इन्टर्न चिकित्सकलाई समेत समान पारिश्रमिक दिइयोस् भन्ने छ । चिकित्सकहरुको मासिक भत्ता निर्वाह गर्नेसम्बन्धीको प्रतिवेदन कार्यान्वयन होस् र कार्यघण्टासम्बन्धी श्रम ऐनमा भएको व्यवस्था कार्यान्वयन होस् भन्ने माग लिएर उहाँहरु बस्नुभएको छ । ती मागहरु पूरा गर्नको लागि म स्वास्थ्य मन्त्रालय तथा प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । उहाँको अवस्था क्रिटिकल रहेकोले सदनमा हुने डाक्टरहरुको समेत म ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रधानमन्त्री साहले सीमासम्बन्धमा दिएको विवादस्पद अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन समेत उहाँले सभामुखको ध्यानाकर्षण गराउनु भयो ।–न्युज एजेन्सी नेपाल