logo-image

बुधबार, १७ भदौ २०८३

संसद् अधिवेशन स्थगन गरी सरकारद्वारा संवैधानिक परिषद् र सहकारी सम्बन्धी दुई अध्यादेश सिफारिस

मङ्गलबार, १५ वैशाख २०८३ · राजनीति

संसद् अधिवेशन स्थगन गरी सरकारद्वारा संवैधानिक परिषद् र सहकारी सम्बन्धी दुई अध्यादेश सिफारिस

 
काठमाडौं, बैशाख १५ । सरकारले संसद्को अधिवेशन स्थगन गरेर संवैधानिक परिषद् र सहकारी सम्बन्धी दुईवटा अध्यादेश जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी अध्यादेशहरू स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो, जसलाई हाल राष्ट्रपति कार्यालयले अध्ययन गरिरहेको जानकारी राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले दिनुभएको छ।

यसअघि वैशाख ८ गतेको सिफारिस अनुसार राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको थियो। तर, संसद् आह्वान गरेको भोलिपल्टै वैशाख १० गते सरकारले विशेष कारण देखाउँदै पुनः अधिवेशन स्थगनको सिफारिस गरेपछि अहिले संसद् छलेर अध्यादेश ल्याउने बाटो रोजिएको हो।