logo-image

बुधबार, ०६ जेठ २०८३

सरकार प्रेस स्वतन्त्रताप्रति पूर्णप्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना

बुधबार, ०६ जेठ २०८३ · राजनीति

सरकार प्रेस स्वतन्त्रताप्रति पूर्णप्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं, जेठ ६ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठककको आकस्मिक, शुन्य तथा विशेष समयमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संवैधानिक अधिकार भएकाले त्यसलाई सरकार वा कसैले पनि चाहेर हनन गर्न  नसक्ने तर्क समेत गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रतासँगै जवाफदेहीता पनि हुने भएकाले पत्रकारहरुले सो कुरालाई मनन गरेर अघि बढन आवश्यक रहेको पनि बताउनु भयो । मन्त्री तिमिल्सिनाले पत्रकारहरुले संवैधानिक अधिकार, आफनो गरिमा र सीमाभित्र रहेर काम गर्नुपर्ने पनि बताउनु भयो । 

उहाँले भन्नुभयो,‘प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिवद्ध छ । यो सरकारको एउटा व्यक्तिले होइन । यो संविधानले दिएको अधिकार हो । यो अधिकार सुरक्षित छ । आज, भोली र पर्सी कसैले पनि यो अधिकार हनन गर्न सक्दैन । तर सँगै बुझनुपर्ने कुरा के पनि हो भने प्रेस स्वतन्त्रता भनेको स्वछन्दता होइन । प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता पनि आउँछ । त्यहाँ भित्र पनि डुज र डन्टसहरु हुन्छन । राज्यले, व्यवस्थाले एउटा महत्वपूर्ण अंगको रुपमा, राज्यको अंगको रुपमा स्विकारेको एउटा महत्वपूर्ण क्षेत्रले आफनो ओजलाई, आफनो गरिमालार्य कायम गर्नेगरी कार्य गर्दा सरकारले चाहेर पनि त्यसको विरुद्धमा केही गर्न नसक्ने व्यवस्थाका बीचमा हामी छौ । ढुक्क भएर पत्रकार मित्रहरुले आफनो संवैधानिक अधिकार, कानूनले दिएको अधिकार आफनो गरिमा र सीमा भित्र रहेर गर्नका लागि म हार्दिक अनुरोध गर्नं चाहन्छु ।’

त्यस अवसरमा मन्त्री तिमिल्सिनाले सरकार सांसदहरुले दिएको सुझावलाई केन्द्र भागमा राखेर अघि बढने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।–न्युज एजेन्सी नेपाल