logo-image

आइतबार, २१ भदौ २०८३

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठद्वारा मन्त्रालयको पारदर्शिता र चुस्तताका लागि सुशासन एकाइ गठन

बुधबार, १८ चैत २०८२ · राजनीति

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठद्वारा मन्त्रालयको पारदर्शिता र चुस्तताका लागि सुशासन एकाइ गठन

काठमाडौं, चैत १८ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने उद्देश्यले मन्त्री विराजभक्त श्रेष्ठले 'सुशासन एकाइ' गठन गर्नुभएको छ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा सम्बन्धित नियमावली र नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त एकाइ स्थापना गरिएको हो। प्रशासन महाशाखाका सहसचिवको संयोजकत्वमा गठित यस उच्चस्तरीय समितिमा विभिन्न प्राविधिक तथा प्रशासनिक महाशाखाका सहसचिवहरू सदस्य र सूचना तथा जनसम्पर्क शाखाका उपसचिव सदस्य सचिव रहेका छन्।

 विशेषगरी 'डेलिभरी–आधारित शासन प्रणाली' लाई आत्मसात् गर्दै यस एकाइले तोकिएको समयसीमाभित्र कार्य सम्पादन भए/नभएको, अधिकारीहरूले आफ्नो दायित्व निर्वाह गरे/नगरेको र सरकारी स्रोतको सदुपयोग भए/नगरेको विषयमा सूक्ष्म निगरानी गर्नेछ।

मन्त्रालयले यस एकाइमार्फत कार्यशैलीमा सुधार ल्याउने, जवाफदेहिता बढाउने तथा सुशासन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।