logo-image

बिहिबार, ३२ असार २०८३

सुनको मूल्य एकैदिन सात हजार ४०० ले बढ्यो

बुधबार, १८ चैत २०८२ · अर्थ

सुनको मूल्य एकैदिन सात हजार ४०० ले बढ्यो

काठमाडौं, चैत १८ । स्थानीय बजारमा आज बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य तोलामा सात हजार ४०० रुपैयाँले बढेर प्रतितोला दुई लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ। हिजो मंगलबार यसको मूल्य दुई लाख ९० हजार २०० रुपैयाँ कायम थियो । 

त्यस्तै, चाँदीको मूल्यमा पनि प्रति तोला १०० रुपैयाँको वृद्धि भई आज चार हजार ९४५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन चार हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो ।