बुधबार, २७ जेठ २०८३
बुधबार, २७ जेठ २०८३ · अर्थ
काठमाडौं, जेठ २७ । स्थानीय बजारमा बुधबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १० हजार १०० रुपैयाँले घटेको हो।
महासङ्घले तोकेको नयाँ मूल्य अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ९२५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ११० रुपैयाँमा खरिदबिक्री भएको थियो।
निफ्राको अध्यक्षमा सुरेन्द्र राज रेग्मी नियुक्त
१५ मिनेट अगाडि
बोधी संवाद हुँदै, विशेष आकर्षण चीनबारे छलफल
२ घण्टा अगाडि