बिहिबार, ३२ असार २०८३
सोमबार, ०९ चैत २०८२ · अर्थ
काठमाडौं, चैत्र ९। पश्चिम एसियामा जारी तनाव र अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ एकैदिन तोलामा ६ हजार ५०० रुपैयाँले घटेको छ।
आज छापावाल सुनको मूल्य प्रति तोला २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ, जबकि आइतबार यो २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा ४ हजार ५४० रुपैयाँ रहेको चाँदी सोमबार ११५ रुपैयाँले घटेर प्रति तोला ४ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।