बुधबार, २७ जेठ २०८३
बुधबार, २७ जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ २७ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदमा आफूले अव आईन्दा प्रधानमन्त्री बालेन्द्र साहलाई नखोज्ने बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री भन्दा पनि ठूलो मुलुकको समस्या भएकाले अव प्रधानमन्त्रीलाई खोजेर संसदलाई अवरोध गरेर बस्ने पक्षमा आफू नरहेको प्रष्ट्याउनुभएको हो । नेता आङ्देम्बेले प्रधानमन्त्री साहलाई संसद नचाहिए पनि देशलाई चाहिएको उल्लेख गर्दै संसदको अमूल्य समय प्रधानमन्त्रीलाई खोजेर खेर फाल्ने पक्षमा आफू नरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री साह फेरि छापामारा शैलीमा संसदमा आउने हो कि भन्ने डर पनि आफूलाई लागेको बताउनु भयो ।
नेता आङदेम्बेले भन्नुभयो,‘अबक म यही विषयमा यो संसद रुमलिएर बस्नु हुन्न भन्ने परिपक्व र जिम्मेवार दायित्वतर्फ सबैको वडा नम्रतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु । यो वर्षको बजेट उपरको छलफल बाँकि छ सभामुख महोदय । नेपाली जनताका अन्य कयौ जीवन्त मुद्दामा छलफल गर्नु छ हामीले । प्रधानमन्त्रीजीलाई संसद नचाहिएला । तर प्रतिपक्षलाई संसद चाहिएको छ । फेरी कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनु होला । फेरि त्यस्तो नहोस मेरो मुलुकले प्रधानमन्त्रीले । तर डर लाग्छ, फेरी पनि उदण्डता मच्चाई दिनु होला । यसमा डर लागि राखेको छ । तर उप्रान्त म उहाँलाई खोज्न चाहन्न । किनभन्दा मेरो मुलुकको समस्या, प्रश्नहरु उहाँको उपस्थिति भन्दा पनि ठूलो छ । उहाँ भन्दा पनि संवेदनशील छ । त्यसकारण म उप्रान्त अव खोज्न चाहन्न । तर प्रधानमन्त्रीले बोलेकै कुरामा अगरिमामय संसदमा अमूल्य समय खेर फाल्नु हुन्न भन्ने जिम्मेवारीबोधबाट पन्छिन चाहन्न ।’
नेता आङदेम्बेले प्रधानमन्त्री साहले फेरि पनि संसदमा आएर उदण्डता मच्चाउनु होला भन्ने संशय पनि आफूमा रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल
तेस्रो राष्ट्रिय मुवाँथाइ असारको दोस्रो साता हुने
एक घण्टा अगाडि
निफ्राको अध्यक्षमा सुरेन्द्र राज रेग्मी नियुक्त
५ घण्टा अगाडि