logo-image

बुधबार, २८ असोज २०८३

पहिरोले घर पुरिँदा बागलुङमा आमा र तीन छोरासहित चार जनाको मृत्यु

आइतबार, ११ असोज २०८३ · समसामयिक

पहिरोले घर पुरिँदा बागलुङमा आमा र तीन छोरासहित चार जनाको मृत्यु

काठमाडौं, असोज ११ । अविरल वर्षासँगै गएको पहिरोले घर पुर्दा बागलुङको निसीखोला गाउँपालिका–३ मा आमा र तीन छोरासहित एकै परिवारका चार जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पहिरोमा परेर ३२ वर्षीया श्यामकुमारी विक र उनका छोराहरू मनोज विक, मुकेश विक तथा निसान विकको ज्यान गएको हो। घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईंको टोली घटनास्थलमा खटिएर खोजी तथा उद्धार कार्य सुरु गरेको थियो।

लगातारको वर्षाका कारण यस क्षेत्रमा पहिरोको उच्च जोखिम रहेकाले प्रहरीले स्थानीय बासिन्दाहरूलाई सुरक्षित रहन र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।