बिहिबार, ०३ वैशाख २०८३
शनिबार, १४ चैत २०८२ · राजनीति
काठमाडौं, चैत १४ । भदौ २३ गते भएको जेन जि आन्दोलनमा हेलचेक्राई गरि ज्यान मारेको अभियोगमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । तीन दिन अघि सार्वजनिक भएको जेनजी आन्दोनल जाँचबुझ आयोगको प्रतिवेदनले उनीहरूले लापरवाही गरेको ठहर गरेकाले शनिबार बिहानै ओली र लेखकलाई पक्राउ गरिएको हो ।
मुलुकी अपराध संहिताका २८१, २८२ र २८३ लाई कोट गर्दै प्रहरीले पक्राउ परेको हो । यि दफामा ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ भन्ने व्यवस्था छ । हेलचेक्र्याइँपूर्वक कसैको ज्यान मार्ने कार्य गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।