बिहिबार, ०३ वैशाख २०८३
मङ्गलबार, १७ चैत २०८२ · राजनीति
काठमाडौं, चैत १७ । हेलचेक्राई गरि ज्यान मारेको कसुरमा काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् ।
मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले उनलाई सुविधानगरस्थित निवासबाटै पक्राउ गरेको हो ।
जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो । आयोगले मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अनुसार हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो ।
हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था छ।
भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए।