बिहिबार, १८ भदौ २०८३
बिहिबार, २६ चैत २०८२ · राजनीति
काठमाडौं, चैत २६ । पूर्वगृहमन्त्री रमेश लेखक १३ दिनको प्रहरी हिरासतपछि बिहीबार रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार लेखकलाई सशस्त्र प्रहरी बलको नम्बर २ गणबाट उनकी पत्नी यशोदा लेखकको जिम्मामा छाडिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले अनुसन्धानका क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्त (हाजिर जमानी) मा लेखकलाई रिहा गरिएको पुष्टि गरे।
भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयका आधारमा लेखकलाई भक्तपुरबाट पक्राउ गरिएको थियो। सर्वोच्च अदालतले चैत २६ गतेसम्म अनुसन्धान टुङ्ग्याउन वा सर्तसहित रिहा गर्न परमादेश जारी गरेसँगै प्रहरीले उनलाई हिरासत मुक्त गरेको हो।