बिहिबार, ०३ वैशाख २०८३
आइतबार, १५ चैत २०८२ · राजनीति
काठमाडौं, चैत १५ । पुर्व उर्जामन्त्री तथा नेपाली कांग्रेसका दीपक खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । आइतबार बिहान बुढानीलकण्ठबाट खड्का पक्राउ परेका हुन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । त्यसकै आधारमा अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको हो ।
गत भदौमा भएको जेन जि आन्दोलनमा खड्काको घरमा जलेका नोटका भग्नावशेष भेटिएको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अघि बढाएको अनुसन्धानपछि विस्तृत रूपमा हेर्न सीआईबीमा फाइल पठाएकाले खड्का पक्राउ परेका हुन्।