बिहिबार, २१ जेठ २०८३
बिहिबार, २१ जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ २१ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा औपचारिक भारत भ्रमणमा जाने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणको लगत्तै तय भएको यस भ्रमणका क्रममा दुई देशबीचको विकास सहकार्य, व्यापार तथा आपसी हितका विषयमा छलफल हुनेछ।
भ्रमणका क्रममा मन्त्री खनालले भारतीय विदेशमन्त्री जयशंकर र वाणिज्य मन्त्री पीयूष गोयल लगायतका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यसअघि स्थगित भएको यो भ्रमण अहिले पुनः तालिका मिलाएर अघि बढाइएको हो।
भक्तपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
२८ मिनेट अगाडि
दराज नेपालद्धारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा
एक घण्टा अगाडि