बुधबार, ०९ वैशाख २०८३
बुधबार, ०९ वैशाख २०८३ · अर्थ
काठमाडौं, वैशाख ९ । बैदेशिक लगानी प्रतिवद्धता घटेको छ। गत वर्षको चैतसम्मको तुलनामा १२.८५ प्रतिशतले बैदेशिक लगानी घटेको उद्योग विभागले जनाएको छ।
चालु आर्थिक वर्षको चैतसम्म ६ सय १५ उद्योगका लागि ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ । जब कि गत आर्थिक वर्षको सोही अवधिमा ४७ अर्ब ९७ करोड ६४ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो ।
विभागको स्वचालित प्रणालीबाट ४ सय २६ उद्योगमा ४ अर्ब ९ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ । सरकारले ४ फागुनमा राजपत्रमा सूचना प्रकाशन गरी स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत स्वीकृत हुने एफडीआईको सीमा हटाएको थियो । तरपनि बैदेशिक लगानी भने आकर्षित हुन सकेको छैन ।
त्यस्तै अप्रुभल रुटबाट भने १ सय ८९ उद्योगमा ३७ अर्ब ६९ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ। विभागका सूचना अधिकारी सुरेश दाहालका अनुसार स्वचालित मार्गबाट सूचना तथा प्रविधि क्षेत्रमा बढी लगानी स्वीकृत भएको छ। र यस्तो क्षेत्रमा रकम थोरै र उद्योगको संख्या भने बढी देखिने गरेको उनको भनाई छ ।
सभामुखद्वारा कुटनीतिक राहदानी वितरणबारे दलहरुसँग परामर्श
२ घण्टा अगाडि
बैंकमा अधिक तरलता, ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
३ घण्टा अगाडि