बुधबार, २७ जेठ २०८३
मङ्गलबार, २६ जेठ २०८३ · समसामयिक
काठमाडौं, जेठ २६ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–८ उमंगचोकस्थित धोबी खोलाको किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रेको भुम्लु गाउँपालिका–१ चेहेरेघाटस्थित सुनकोशी नदीको किनारामा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० भातेढिकुरस्थित बुद्ध मन्दिर जाने सिढिमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रोल्पाको त्रिबेणी गाउँपालिका–३ कोइलास्थित देउराली सामुदायिक वनमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । कपिलवस्तु, वाणगंगा नगरपालिका–९ भलवाड बस्ने ७० वर्षीय लोक बहादुर रायमाझी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।