logo-image

शुक्रबार, १९ भदौ २०८३

असिम शाहको संयोजकत्वमा बनेको संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक आज बस्दै

बुधबार, २५ चैत २०८२ · राजनीति

असिम शाहको संयोजकत्वमा बनेको संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक आज बस्दै

काठमाडौं, चैत्र २५ । नेपाल सरकारद्वारा गठित “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” को पहिलो बैठक आज दिउँसो ३:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको यस कार्यदलमा एमालेका डा. भीष्मनाथ अधिकारी, माओवादी केन्द्रका देव प्रसाद गुरुङ्ग, रास्वपाका मोहन आचार्य, राप्रपाका ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका मनोज भट्ट सदस्य रहेका छन्।

कार्यदलमा कानुनी र प्रशासनिक विज्ञताका लागि कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल समेत सहभागी छन् भने लिलाधर सुवेदीले सदस्य सचिवको भूमिका निर्वाह गर्नेछन्। नेपाली काँग्रेस, जसपा र लोसपा लगायतका केही दलहरूले प्रतिनिधि तोक्न बाँकी रहे पनि आजै त्यसको टुंगो लाग्ने अपेक्षा गरिएको छ।

मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार बनेको यो कार्यदलले संविधान संशोधनका प्रमुख एजेन्डाहरूमा बहसपत्र तयार पार्ने जिम्मेवारी पाएको छ।