बुधबार, ३० वैशाख २०८३
बुधबार, ३० वैशाख २०८३ · राजनीति
काठमाडौं, वैशाख ३० । प्रधानमन्त्री बालेन शाहले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिने भएका छन्। प्रचलित संसदीय परम्परा अनुसार प्रधानमन्त्री आफैँले जवाफ दिनुपर्ने भए तापनि उनको सट्टामा अर्थमन्त्री स्वर्णिम वाग्लेले उत्तर दिने तयारी भएको छ।
आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि दफावार छलफल जारी रहनेछ, जसलाई आजै निर्णयार्थ प्रस्तुत गरिने सम्भावना छ। मंगलबार विभिन्न दलका सांसदहरूले यसमाथि आ-आफ्नो धारणा राखिसकेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रस्तुत गरेको यसै नीति तथा कार्यक्रमको जगमा टेकेर सरकारले आगामी बजेट सार्वजनिक गर्नेछ। यस्तै, राष्ट्रिय सभाको बैठक पनि आजै दिउँसो १२:१५ बजे बस्ने तय भएको छ, जहाँ नीति तथा कार्यक्रममाथि प्रारम्भिक छलफल सुरु हुनेछ।
प्रधानमन्त्री बालेन शाहले संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिने भएका छन्। प्रचलित संसदीय परम्परा अनुसार प्रधानमन्त्री आफैँले जवाफ दिनुपर्ने भए तापनि उनको सट्टामा अर्थमन्त्री स्वर्णिम वाग्लेले उत्तर दिने तयारी भएको छ।
आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि दफावार छलफल जारी रहनेछ, जसलाई आजै निर्णयार्थ प्रस्तुत गरिने सम्भावना छ। मंगलबार विभिन्न दलका सांसदहरूले यसमाथि आ-आफ्नो धारणा राखिसकेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रस्तुत गरेको यसै नीति तथा कार्यक्रमको जगमा टेकेर सरकारले आगामी बजेट सार्वजनिक गर्नेछ। यस्तै, राष्ट्रिय सभाको बैठक पनि आजै दिउँसो १२:१५ बजे बस्ने तय भएको छ, जहाँ नीति तथा कार्यक्रममाथि प्रारम्भिक छलफल सुरु हुनेछ।
रास्वपाको पहिलो राष्ट्रिय सम्मेलन असार ७ देखि चितवनमा हुने
५२ मिनेट अगाडि
‘यो नेपाली शिर उचाली: सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै
१९ घण्टा अगाडि