सोमबार, १५ असार २०८३
सोमबार, १५ असार २०८३ · अर्थ
काठमाडौं, असार १५ । राष्ट्रिय सभामा ‘विनियोजन विधेयक, २०८३’ प्रश्तुत भएको छ ।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ ‘क’ को उपनियम (२) बमोजिम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक सभासमक्ष पेश गर्नुभएको हो । आर्थिक वर्ष २०८३/८४ को सेवा तथा कार्यहरूका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार प्राप्त गर्न र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकाले उक्त विधेयक प्रश्तुत गरिएको अर्थमन्त्रीले सभालाई जानकारी दिनुभयो ।
यस विधेयकले संघीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न सरकारी निकायहरूले गर्ने कार्यका लागि आवश्यक बजेट विनियोजन गर्ने व्यवस्था गरेको छ । अर्थमन्त्रीले यस विधेयकलाई अर्थ सम्बन्धी विधेयकको रूपमा संघीय संसद्मा प्रश्तुत गरिएको स्पष्ट पार्नुभयो ।
नियन्त्रित लागूऔषध ट्रामाडोल सहित भक्तपुरबाट एक जना पक्राउ
२३ मिनेट अगाडि
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
एक घण्टा अगाडि
इन्दिरा जोशीको स्वरमा बोल्ड आइटम गीत सेन्सेशन् सार्वजनिक
३ घण्टा अगाडि