मङ्गलबार, २२ वैशाख २०८३
मङ्गलबार, २२ वैशाख २०८३ · राजनीति
काठमाडौं, वैशाख २२ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ।
सरकारले सिफारिस गरेका आठवटा अध्यादेशमध्ये सातवटालाई यसअघि नै स्वीकृत गरे तापनि राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशका केही प्रावधानमा असहमति जनाउँदै आइतबार पुनर्विचारका लागि फिर्ता पठाउनुभएको थियो। तर, सरकारले सोमबार उक्त अध्यादेशलाई कुनै परिवर्तन नगरी पुनः स्वीकृतिका लागि पठाएपछि संवैधानिक प्रक्रिया अनुरूप राष्ट्रपतिले मङ्गलबार यसलाई प्रमाणीकरण गर्नुभएको हो।
