बिहिबार, ३२ असार २०८३
सोमबार, २३ चैत २०८२ · अर्थ
काठमाडौं, चैत २३ । सरकारले १ सय बुँदे कार्यसूचि निकालेसँगै त्यसको प्रत्यक्ष असर सेयरबजारमा देखिएको छ । सरकारले बैंक खातासँगै सेयर खाता तथा अन्य वित्तिय सम्पत्तिको डिजिटल सम्पत्ति राख्ने भनेसँगै त्यसको असर बजारमा देखिएको हो ।
आइतबार सेयरबजार परिसुचकमा १ सय ५ अंकको पहिरो गएको छ । सरकारको १ सय बुदाको कार्यसूचि आएपछि २ सय ८४ अकं नेप्से घटेको छ भने ५ खर्ब बराबरको लगानीकर्ताको सम्पत्ति पनि गुमेको छ ।
बजारमा सम्पत्ति शुद्धिकरणकका कारण सेयरबजार गिरावट हुने हल्ला चलाइएको छ । जसको समेत सिधा असर बजारमा परेको हो ।
इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बजारमा अहिले केहि लगानीकर्ताहरुले बजार घटाएर खरिद गर्न खोजिरहेका छन् । जसका लागि नै उनिहरुले बजार घट्छ भन्ने खालको नकारात्मक सन्देश बजारमा पठाएका छन् ।
ढकालले भने ‘ बजार २९ सयको हाराहारीमा पुग्यो, २७ सय अंकबाट दुईसय बढेपछि केहि लगानीकर्ता फेरी बजार घटाउने र सेयर किनेर फेरी बजार माथि लाने योजनामा छन्, जसका लागि नै अहिले सम्पत्ति शुद्धिकरणको हल्ला फैलाएको हो । ’
सेयरबजार लगायत अन्य क्षेत्रमा समेत लगानी भएका इन्फीनिटी होल्डिङ्सका अध्यक्ष दिपक भट्ट तथा शंकर ग्रुपका शंकर अग्रवाल र शुलभलाई प्रहरीले पक्राउ गरेको छ । शंकरलाई हाजीर जमानीमा छाडेपनि शुलभ र दिपक भने प्रहरीकै फन्दामा छन् । यहि देखाएर समेत केहिले बजार घटाउन खोजेका हुन् ।
ब्रोकरहरु अहिले बजार घट्नका लागि खास कारण नभएपनि बजार हल्ला नै प्रमुख रहेको बताउँछन् । यो बेलामा साना लगानीकर्ताले बेच्नेभन्दा पनि भएको सेयर होल्ड गर्ने तथा खरिद गर्ने बेला हो ।
बजार यसरी एकाएक घटेपछि अर्थ मन्त्रालयले भने सम्पत्तिको लगतमा पारदर्शिता कायम गर्न लागेकाले यसमा कोहि डराउन वा आँत्तिहाल्नु नपर्ने जनाएको छ । तर पनि लगानीकर्ताको त्रास हटेको छैन ।
सहि तरिकाले सम्पत्ति आर्जन गरि सेयरमा लगानी गरेकाहरुयसबाट डराउन नहुने र यस्ता हल्लाका आधारमा लगानी गर्न छोड्न नहुने बिज्ञको पनि सुझाव छ ।