बिहिबार, ३२ असार २०८३
बुधबार, १८ चैत २०८२ · अर्थ
काठमाडौं, चैत १८ । ब्याजदर ऐतिहासिक रुपमा सस्तो भएको छ । गत वर्ष आठ दलशमव पाँच पाँच प्रतिशत रहेको ब्याजदर अहिले ७ प्रतिशतमै झरेको छ । यति सस्तो ब्याजदर हुँदा पनि कर्जा भने गएको छैन ।
गत माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.० प्रतिशत अर्थात २ खर्ब २१ अर्ब ८४ करोड मात्रै गएको छ । कुल कर्जा ५७ खर्ब १९ अर्ब ५४ करोड पुगेको छ । जबकी अघिल्लो वर्षको सोही समयमा ५.६ प्रतिशत ले बढि २८३ अर्ब ४६ करोडले बढेको थियो ।
निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ४.२ प्रतिशत, विकास बैंकहरूको ३.० प्रतिशत र वित्त कम्पनीहरूकोकर्जा प्रवाह १.८ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०८२÷८३ को सात महिनामामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा १०.६ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ४.८ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कजा१.१ प्रतिशतले बढेको छ । तर , कृषि क्षेत्रतर्फको कर्जा १.४ प्रतिशत र वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा १.९ प्रतिशतले घटेको छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट (आयात) कर्जा १६.२ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ११.० प्रतिशत, हायर पर्चेज कर्जा ९.३ प्रतिशत, आवधिक कर्जा ३.१ प्रतिशत, रियल स्टेट कर्जा २.५ प्रतिशत, क्यास क्रेडिट कर्जा २.१ प्रतिशत र माग तथा अन्य चालु पुँजी कर्जा १.८ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ३.४ प्रतिशतले घटेको छ ।
२०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५.० प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३.८ प्रतिशत रहेको छ ।
२०८१ माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.४ प्रतिशत र ६५.१ प्रतिशत रहेको थियो।
वार्षिक विन्दुगत आधारमा २०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.८ प्रतिशतले बढेको छ ।
२०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.८ प्रतिशत र ३६.२ प्रतिशत रहेको थियो।