बुधबार, ३० वैशाख २०८३
बुधबार, ३० वैशाख २०८३ · अर्थ
काठमाडौं, बैशाख ३०। बैंक तथा वित्तीय संंस्थाबाट जाने कर्जा गत वर्षभन्दा पनि घटेको छ । गत वर्ष चैतसम्म ३ खर्ब ६१ अर्ब कर्जा गएकामा यो वर्षको सोहि अवधिमा ३ खर्ब ११ अर्ब मात्रै प्रवाह भएको छ । चैतसम्म ५.७ प्रतिशत अर्थात ३११ अर्ब ९५ करोडले बृद्धि भई कुल कर्जा ५८खर्ब ९ अर्ब ६६ करोड पुगेको छ ।
चैतमसान्तसम्म कृषि क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले घटेकोछ ।तर, ट्रष्ट रिसिट (आयात) कर्जा ३२.० प्रतिशत, मार्जिन प्रकृतिको कर्जा १३.४ प्रतिशत, हायर पर्चेज कर्जा ८.५ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत)४.६ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ४.३ प्रतिशत, आवधिक कर्जा ३.७ प्रतिशत, क्यास क्रेडिट कर्जा २.८
प्रतिशत र अधिविकर्ष कर्जा ०.३ प्रतिशतले बढेको छ ।
उपभोग्य क्षेत्रतर्फको कर्जा ११.७ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १०.७ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.५ प्रतिशत, वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले बढेको छ ।
चैतसम्ममा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ५.८ प्रतिशत, विकास बैंकहरूको ५.१ प्रतिशतर वित्त कम्पनीहरूको २.६ प्रतिशतले बढेको छ ।
धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुग्यो
२ घण्टा अगाडि