logo-image

बिहिबार, ३२ असार २०८३

गत वर्षभन्दा अर्थतन्त्र सकारात्मक दिशामा, दोस्रो त्रैमासमा ४.५ प्रतिशतको आर्थिक बृद्धि

मङ्गलबार, २४ चैत २०८२ · अर्थ

गत वर्षभन्दा अर्थतन्त्र सकारात्मक दिशामा, दोस्रो त्रैमासमा ४.५ प्रतिशतको आर्थिक बृद्धि

काठमाडौं, चैत २४ । राष्ट्रिय लेखा तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४.५ प्रतिशत आर्थिक वृद्धि भएको अनुमान गरिएको छ ।  कात्तिक, मंसिर र पुस महिनामा  यस्तो बृद्धि भएको अनुमान गरिएको  हो ।

गत आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा वृद्धिदर ३.८ प्रतिशत मात्र बृद्धि भएको थियो । यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा अर्थतन्त्र केही चलायमान भएको र सकारात्मक रुपमा अघि बढेको देखिन्छ। 
आर्थिक वृद्धिमा ऊर्जा क्षेत्रको योगदान सबैभन्दा उत्साहजनक र महत्त्वपूर्ण देखिएको छ। विद्युत् तथा ग्याँस क्षेत्रको वृद्धिदर २२.७४ प्रतिशत पुगेको छ। 

राष्ट्रिय बिद्युत प्रणालीमा जलविद्युत् जडान हुने क्रम बढ्दै गर्दा समग्र अर्थतन्त्रमा यसको सकारात्मक योगदान देखिएको छ । पशुपालन, फलफूल र तरकारी खेतीमा भएको सुधारका कारण कृषि क्षेत्रमा २.२१ प्रतिशतको वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ। 

आवास तथा भोजन क्षेत्र अर्थात् होटल र रेष्टुरेन्ट क्षेत्रमा पर्यटकको आगमन बढेसँगै सेवा क्षेत्र ५.१८ प्रतिशतको वृद्धि देखिएको छ। त्यस्तै यातायात तथा भण्डारण क्षेत्रमा नौ दशमलव छ पाँच प्रतिशत र वित्तीय क्षेत्रमा १२.५१ प्रतिशतको उच्च वृद्धि देखिएको छ। साथै थोक तथा खुद्रा व्यापार क्षेत्रमा ४.११ प्रतिशतको सुधार देखिएको छ ।