मङ्गलबार, १५ वैशाख २०८३
मङ्गलबार, १५ वैशाख २०८३ · अर्थ
काठमाडौं, बैशाख १५ । सरकारले अर्थतन्त्रको अहिलेको अवस्था देखाउने गरि स्थितीपत्र सार्वजनिक गरेको छ । १ खर्ब डलरको अर्थतन्त्र र ३ हजार प्रतिब्यक्ति आय पुराउनका लागि ४ वटा आधार समेत प्रस्तुत गरेको छ।
सरकारको पाँचदेखि सात वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने सरकारको लक्ष्य छ । तर सरकारले नै जारी गरेको स्थितिपत्रमा अहिले अर्थतन्त्रको अवस्था भने राम्रो देखिदैन ।
मुलुकको आर्थिक वृद्धि तुलनात्मक रुपमा न्यून र अस्थिर रहेको स्थितिपत्रमा उल्लेख छ । पछिल्लो एक दशकमा वार्षिक औसत आर्थिक वृद्धि ४.२ प्रतिशत रहेको र यो अवधिमा नेपालको अर्थतन्त्र न्यूनतम २.४ प्रतिशतको संकुचनदेखि अधिकतम ९ प्रतिशतसम्म विस्तार भएको स्थितीपत्रमा लेखिएको छ ।
अर्थतन्त्रमा उद्योग र कृषि क्षेत्रको योगदान खुम्चिदै जाँदा सेवा क्षेत्रको योगदानविस्तार हुँदै गएको बताइएको छ । उत्पादनमूलक उद्योगको अवस्था कमजोर रहेको समेत बताइएको छ ।
एक दशकमा कुल गार्हस्थ उत्पादनमा उत्पादनमूलक औद्योगिक क्षेत्रको योगदान औसत ५.४ प्रतिशत मात्रै छ । यो अवधिमा समग्र अर्थतन्त्र औसत ४.२ प्रतिशतले विस्तार हुँदा उत्पादनमूलक उद्योगको विस्तार औसत २.९ प्रतिशत मात्रै छ ।
लगानीको अपर्याप्तता, आयातित कच्चा पदार्थमाथिको उच्च निर्भरता, नवप्रवर्तन तथा उन्नत प्रविधिको न्यून अवलम्बन र उच्च उत्पादन लागतलगायत कारणले प्रतिस्पर्धात्मक क्षमता कमजोर भई मुलुकको औद्योगिकीकरण अवस्था कमजोर रहेको समेत स्थितीपत्रमा लेखिएको छ।
अवसर र चुनौतीहरूको स्पष्ट पहिचान गर्दै नीतिगत सुधार, सुशासन सुदृढीकरण तथा दिगो आर्थिक रुपान्तरणका लागि आवश्यक मार्गचित्र कोर्न बलियो आधार प्रदान गर्ने समेत जनाएको छ ।
साथै रोजगारीको लागि विदेशिनेको संख्या उच्च हुँदा उनीहरूले पठाउने विप्रेषणले वाह्य क्षेत्र सन्तुलन, गरिबी निवारण, आन्तरिक माग तथा सामाजिक क्षेत्रमा अल्पकालिन राहत दिएको तर मुलुकमा दक्ष तथा अर्धदक्ष जनशक्तिको अभाव र समष्टिगत मागमा कमिसँगै दीर्घकालमा मानव पुँजीको ह्रास हुने जोखिम बढेको स्थितिपत्रमा लेखिएको छ । साथै जलविद्युत क्षेत्रमा भने उत्साहजनक प्रगति भएको उल्लेख गरिएको छ।
ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
१३ मिनेट अगाडि
रेडियो सञ्चालकहरूको छाता संगठन वान भित्र चरम विवाद
३३ मिनेट अगाडि