logo-image

सोमबार, १८ जेठ २०८३

बझाङको रायल केन्द्रविन्दु भएर भूकम्पको धक्का

सोमबार, ०९ चैत २०८२ · समसामयिक

बझाङको रायल केन्द्रविन्दु भएर भूकम्पको धक्का

 

बझाङ, चैत्र ९ । बझाङको रायल केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउँसो १:०० बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

सुदूरपश्चिममा पछिल्लो समय भूकम्पका धक्काहरू निरन्तर महसुस भइरहेका छन्। यसअघि गत चैत ४ गते मात्रै दार्चुलाको सिटौला केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पबाट भएको भौतिक वा मानवीय क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन।

ताजा समाचार