logo-image

बुधबार, २७ जेठ २०८३

डलरको बिक्रीदर १५३ रुपैयाँ माथि

मङ्गलबार, २६ जेठ २०८३ · अर्थ

डलरको बिक्रीदर १५३ रुपैयाँ माथि

काठमाडौँ  जेठ २६ ।  नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि   िवदेशी मुद्राहरूको मूल्य  निर्धारण गरेको छ। केन्द्रीय बैंकले आजका लागि सार्वजनिक गरेको विवरण अनुसार प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको मूल्यमा केही उतारचढाव देखिएको छ। नयाँ दररेट अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा कायम गरिएको छ।

यसैगरी युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङको मूल्य पनि उच्च विन्दुमा कायम भएको छ। राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २६ पैसा तथा बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा तोकिएको छ। यस्तै स्वीस फ्रयाङ्क एकको खरिददर १९२ रुपैयाँ र बिक्रीदर १९२ रुपैयाँ ७५ पैसा कायम भएको छ।

पछिल्लो समय नेपाली बजारमा बलियो बन्दै गएका अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलरको मूल्यमा पनि नयाँ परिवर्तन आएको छ। जसअनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७० पैसा तथा बिक्रीदर ११० रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ भने सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ १८ पैसा कायम गरिएको छ।

एसियाली मुद्रातर्फ जापानी येन १० को खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा तोकिएको छ। छिमेकी देश चीनको मुद्रा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निकै महत्त्वपूर्ण मानिने खाडी मुलुकका मुद्राहरूको विनिमय दर पनि सार्वजनिक भएको छ। जसअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९२ पैसा तथा बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा कायम भएको छ।

केन्द्रीय बैंकले बजारको आवश्यकता र अन्तर्राष्ट्रिय बजारको उतारचढावअनुसार विनिमय दर जुनसुकै बेला परिवर्तन हुन सक्ने उल्लेख गरेको छ। साथै राष्ट्र बैंकले तोकेको यो दर बुकिङ दर मात्र भएकाले वाणिज्य बैंकहरूले आफैँले निर्धारण गर्ने विनिमय दरमा सामान्य फरक पर्न सक्ने समेत प्रष्ट पारेको छ।

ताजा समाचार