बिहिबार, ३२ असार २०८३
बुधबार, ११ चैत २०८२ · अर्थ
काठमाडौं,चैत ११ । बुधबार अमेरिकी डलरको भाउ सामान्य रुपमा घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि मंगलबारका लागि विदेशी मुद्राको भाउ निर्धारण गरे अनुसार युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयांकको भाउ भने बढेको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ९७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४२ पैसा र बिक्रीदर १९१ रुपैयाँ १८ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ १९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६६ पैसा तोकिएको छ।