logo-image

बिहिबार, ०३ वैशाख २०८३

नेकपा एमालेको माईतीघरमा आज पनि प्रदर्शनः अध्यक्ष ओलीको रिहाई माग गर्दै सडकमा उत्रिए कार्यकर्ता

सोमबार, १६ चैत २०८२ · राजनीति

नेकपा एमालेको माईतीघरमा आज पनि प्रदर्शनः अध्यक्ष ओलीको रिहाई माग गर्दै सडकमा उत्रिए कार्यकर्ता

काठमाडौं, चैत १६ । नेकपा एमालेले आज पनि राजधानीको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाईको माग गर्दै एमालेका भ्रातृ संगठनहरुले लगातार प्रदर्शन जारी राखेका हुन् । प्रदर्शनमा सहभागी कार्यकर्ताहरुले सरकार विरोधी नारा लगाउँदै अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको आरोप लगाएका छन् ।

उनीहरुले अध्यक्ष ओलीलाई तत्काल रिहा गर, राजनीतिक प्रतिशोध बन्द गर जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका छन् । अध्यक्ष ओलीलाई बिना शर्त रिहा नगरिएसम्म आन्दोलन नरोकिने उनीहरुको भनाइ छ । एमालेले यो आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी समेत दिएको छ ।