logo-image

बिहिबार, ०३ वैशाख २०८३

पूर्वमन्त्री दीपक खड्का स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना

सोमबार, १६ चैत २०८२ · राजनीति

पूर्वमन्त्री दीपक खड्का स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना

काठमाडौं, चैत १६ । सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्।

प्रहरी प्रभाग पुल्चोकको हिरासतमा रहेका खड्कालाई गएराति साढे १२ बजेदेखि लगातार बान्ता हुने समस्या देखिएको थियो। सुरुमा उपचारका लागि नर्भिक अस्पताल लगिए पनि त्यहाँ सम्भव नभएपछि चिकित्सकको सिफारिसमा उनलाई शिक्षण अस्पताल सारिएको हो।

हाल उनी चिकित्सकहरूको निगरानीमा उपचाररत छन्।