logo-image

बुधबार, ३० वैशाख २०८३

मन्त्रिपरिषद् बैठकका निर्णयः कार्यविभाजन नियमावली स्वीकृत

बुधबार, ३० वैशाख २०८३ · राजनीति

मन्त्रिपरिषद् बैठकका निर्णयः कार्यविभाजन नियमावली स्वीकृत

काठमाडौं, वैशाख ३० । सरकारले कार्यविभाजन नियमावली र भूमि सम्बन्धी नियमहरू स्वीकृत गरेको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३’ लाई स्वीकृत गर्ने निर्णय गरेको हो । 

बैठकपछि सरकारका निर्णयहरु सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले प्रशासनिक र कानूनी प्रक्रियालाई थप व्यवस्थित बनाउन ‘विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) आदेश, २०७९’ को संशोधन प्रश्तावलाई समेत स्वीकृति प्रदान गरिएको बताउनु भयो । बैठकले भूमि व्यवस्थापनसँग सम्बन्धित कानूनी प्रावधानलाई परिमार्जन गर्दै ‘भूमि सम्बन्धी २१औँ संशोधन नियमहरू, २०८३’ स्वीकृत गरेको छ । 

मन्त्रिपरिषद्ले सरकारी लगानी व्यवस्थापन समितिको सदस्य पदमा दुई जना प्रतिनिधि सभा सदस्यहरूलाई मनोनयन गर्ने निर्णय गरेको छ । जसमा सांसद सुशील खड्का र सांसद योगेश गौचन थकाली रहनुभएको छ ।

 

ताजा समाचार