शनिबार, ०५ वैशाख २०८३
आइतबार, १५ चैत २०८२ · राजनीति
काठमाडौं, चैत्र १५ । जिल्ला अदालत काठमाडौँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले उक्त आदेश दिएको हो।
अदालतमा लेखक भौतिक रूपमै उपस्थित हुनुभएको थियो भने अस्पतालमा भर्ना हुनुभएका ओली भिडियो कन्फरेन्समार्फत बहसमा जोडिनुभएको थियो। 'जेन-जी' आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनीहरूलाई शनिबार पक्राउ गरिएको थियो।
सरकारी वकिलले हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने माग गरेपछि अदालतले ५ दिनको म्याद दिएको हो।