बुधबार, १७ भदौ २०८३
आइतबार, ०७ असार २०८३ · राजनीति
चितवन, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी भएका छन्।
रास्वपाको निमन्त्रणा स्वीकार गर्दै थापाले उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय भएको हो। रास्वपाले उद्घाटन सत्रमा सहभागी हुन विपक्षी दलहरूलाई विशेष निमन्त्रणा पठाएको थियो।
नेता थापाले रास्वपाको राजनीतिक यात्राप्रति सकारात्मक टिप्पणी गर्दै आजै सामाजिक सञ्जालमार्फत समेत प्रथम महाधिवेशनको सफलताको कामना गर्दै शुभकामना व्यक्त गरिसकेका छन्।
प्रमुख नेताहरूको उपस्थिति महाधिवेशनमा भाग लिन रास्वपाका शीर्ष नेताहरू र प्रतिनिधिहरू चितवन पुगिसकेका छन्।