logo-image

बुधबार, २३ वैशाख २०८३

आगामी संसदीय रणनीति तय गर्न काँग्रेस संसदीय दलको बैठक शुरु

बुधबार, २३ वैशाख २०८३ · राजनीति

आगामी संसदीय रणनीति तय गर्न काँग्रेस संसदीय दलको बैठक शुरु

काठमाडौं, वैशाख २३ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा शुरु भएको छ ।

आगामी सङ्घीय संसदको अधिवेशनमा पार्टीको भुमिका र समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर छलफल गर्न उक्त बैठक बोलाइएको हो । बैठकमा पार्टीका शिर्ष नेतृत्वसहित राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूको उपस्थिति रहेको छ ।

मुख्यतया आगामी संसद् बैठकमा पार्टीका तर्फबाट सदनमा कस्तो रणनीति अपनाउने र जनसरोकारका मुद्दाहरूलाई कसरी सशक्त रूपमा उठाउने भन्ने विषयमा केन्द्रित रहेर सांसदहरूबीच छलफल हुने बताइएको छ । यसका साथै बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयहरूमा समेत समीक्षा गरिने कार्यसूची रहेको छ ।

संसदीय अभ्यासलाई थप प्रभावकारी बनाउन र पार्टीको तर्फबाट सदनमा एकरुपता कायम गर्न यो बैठकलाई महत्वका साथ हेरिएको छ । –न्युज एजेन्सी नेपाल