शुक्रबार, १९ भदौ २०८३
बुधबार, २५ चैत २०८२ · राजनीति
काठमाडौं, चैत्र २५ । राष्ट्रिय सभा अन्तर्गतका चार वटा संसदीय समिति सभापतिहरुले पद तथा गोपनियताको शपथ लिनुभएको छ । बुधवार संघीय संसद सचिवालयले आयोजना गरेको शपथ समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष उहाँहरुले शपथ लिनुभएको हो ।
राष्ट्रिय सभा अन्तर्गगत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्णप्रसाद पौडेल, विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्णबहादुर रोकाय, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्वाचित हुनुभएको थियो ।
मंगलवार बसेको सम्बन्धित समितिको बैठकले उहाँहरुलाई सभापति पदमा निर्विरोध निर्वाचित गरेको हो । समिति सभापतिहरुको शपथग्रहण समारोहमा राष्ट्रिय सभा उपाध्यक्ष लिलाकुमारी भण्डारी, राष्ट्रिय सभाका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
फेवातालमा खस्यो भारतीय नम्बर प्लेटको कार
६ घण्टा अगाडि