logo-image

बिहिबार, २८ जेठ २०८३

दुई अर्ब होइन, दुई रुपैयाँ बराबरको बदमासी भएको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छुः अर्थमन्त्री वाग्ले

बिहिबार, २८ जेठ २०८३ · राजनीति

दुई अर्ब होइन, दुई रुपैयाँ बराबरको बदमासी भएको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छुः अर्थमन्त्री वाग्ले

काठमाडौं, जेठ २८ ।  विपक्षीहरुले करका दरमा अर्थमन्त्रीले चलखेल गरेको आरोप लगाइरहेका बेला अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रमाणित गर्न कडा चुनौती दिनुभएको छ । 
सांसदको सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री वाग्लेले कसैले अनुचित लाभ लिन हतारमा सवारीसाधन भित्र्याएको वा राजश्वमा क्षति पु¥याएको आरोप लगाउने हो भने त्यसका प्रमाण सार्वजनिक गर्न चुनौती दिनुभयो । समिति सदस्यहरुले दुई अर्व चलखेल भएको बताएपछि उहाँले दुई अर्ब मात्रै नभई होइन, दुई रुपैयाँ बराबरको बदमासी भएको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार रहेको घोषणा गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘कर बढ्दै छ भनेर सूचना दिएको छ भन्ने ननसेन्स ! कुरा हो । त्यसको प्रमाण प्रस्तुत गरियोस् । दशौँ करोड घाटा हुने गरी कसैले हतारहतार गाडी पास ग¥यो भने त्यसको प्रमाण लिएर आउनुस् । कुनै कागजी प्रमाण होला, कुनै सञ्चार वा पत्राचारका विवरण होलान्, ती सबै लिएर आउनुस् । म त कठघरामा उभिन तयार छु । अरब–खर्बको कुरा जथाभावी गरिएको छ । दुई अर्ब होइन, स्वर्णिम वाग्लेले दुई रुपैयाँ बराबरको पनि कुनै बदमासी गरेको छ भने, म अर्थमन्त्री मात्र होइन, सांसद मात्र होइन, सार्वजनिक जीवन नै त्याग गर्न तयार छु । यो मेरो चुनौती हो ।’
उहाँले सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिहरूले समान स्तरको नैतिकता र जवाफदेहिता कायम राख्नुपर्ने आवश्यकता पनि औँल्याउनु भयो । बजेट र कर नीतिसम्बन्धी निर्णयहरू आर्थिक सिद्धान्त, प्रगतिशील कर प्रणाली तथा दीर्घकालीन आर्थिक हितलाई ध्यानमा राखेर गरिएको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल

ताजा समाचार