logo-image

बिहिबार, ०३ वैशाख २०८३

तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीको सम्पत्तिमाथि सीआईबीको अनुसन्धान सुरु

आइतबार, १५ चैत २०८२ · राजनीति

तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीको सम्पत्तिमाथि सीआईबीको अनुसन्धान सुरु

 

काठमाडौं, चैत्र १५ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन पूर्वप्रधानमन्त्रीहरू र दुई पूर्वमन्त्रीसहित उनीहरूको परिवारको सम्पत्तिमाथि विस्तृत अनुसन्धान अघि बढाएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड) तथा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काको चल-अचल सम्पत्ति र आम्दानीको स्रोतमाथि छानबिन सुरु भएको हो।

यसै सिलसिलामा आइतबार पूर्वमन्त्री दीपक खड्कालाई जरुरी पक्राउ पुर्जी थमाएर नियन्त्रणमा लिइएको छ। गत २४ भदौमा भएको आगजनीका क्रममा देउवा, दाहाल र खड्काको घरबाट जलेका नोटका टुक्रा फेला परेपछि विभागले प्रारम्भिक अनुसन्धानमा कैफियत देखिएका नेताहरूलाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीलाई पत्राचार गरेको थियो।

अनुसन्धानको घेरामा आरजु राणाका भाइ भूषण राणा समेत रहेका छन्।