logo-image

बिहिबार, २९ असोज २०८३

निवासबाट नियन्त्रणमा लिइएका चोलेन्द्रशम्शेर जबरा आफन्तको जिम्मामा फिर्ता

आइतबार, ११ असोज २०८३ · समसामयिक

निवासबाट नियन्त्रणमा लिइएका चोलेन्द्रशम्शेर जबरा आफन्तको जिम्मामा फिर्ता

 

काठमाडौं, असोज ११ ।  प्रहरीले महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आफन्तको जिम्मा लगाएर घर पठाएको छ।

आइतबार बिहान करिब ३:०० बजे जबरा र उनका परिवारका सदस्यहरू सुतिरहेका बेला प्रहरी टोली उनको निवासमै पुगेर उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरी अधिकारीहरूले सुरक्षा खतरा रहेकोले उनलाई नियन्त्रणमा लिनुपरेको दाबी गरे पनि जबराले भने आफूलाई त्यस्तो कुनै खतराबारे जानकारी नभएको र बरु घरमै थप सुरक्षाकर्मी खटाइदिन आग्रह गरेका थिए।

प्रहरीले सुरुमा नियन्त्रणमा लिएको पुष्टि गरे पनि पछि सुरक्षा चुनौतीका कारण सुरक्षित स्थानमा सारिएको बताएको थियो। तर, कस्तो प्रकारको सुरक्षा चुनौती थियो, कसबाट वा केबाट खतरा थियो र घरबाटै लिएर जानुपर्ने अवस्था किन आयो भन्नेबारे प्रहरीले कुनै विस्तृत जानकारी सार्वजनिक गरेको छैन। साथै, जबराविरुद्ध कुनै आपराधिक अनुसन्धान वा मुद्दा अघि बढाइएको हो वा होइन भन्ने विषय पनि अझै अस्पष्ट नै रहेको छ।