आइतबार, २७ वैशाख २०८३
आइतबार, २७ वैशाख २०८३ · राजनीति
काठमाडौं, वैशाख २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संवैधानिक घेराभित्र रहेर योग्यमध्येबाट एक जनालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको विषयलाई ‘सडक बहस’ बनाउन नहुने बताउनुभएको छ ।
आईतवार पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले संवैधानिक परिषद्मा आएका नामहरुमध्येबाट बहुमतले एकजनालाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेकुरा कसरी असंवैधानिक भयो ? प्रश्न गर्नुभयो । उहाँले प्रधानन्यायाधीश नियुक्तिको परम्परा भत्काएको आरोपप्रति आपत्ति जनाउँदै पुरानै अभ्यास कायम राखिएको भए अहिले पनि संवैधानिक परिषद्मा भागबण्डाकै चलिरहने टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानन्यायाधीश सिफारिसको लागि ६ जना न्यायाधीशको सिफारिस रास्वपाको सरकारले वा रास्वपाको उपस्थितिमा भएको होइन । त्यो त संवैधानकि परिषद्मा सिफारिस भई बसेको थियो । परिषद्मा हाम्रो पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री भएर गैसकेपछि योग्य भएको न्यायाधीशहरुबाट प्रधानन्यायाधीश चयन गर्दा विधि मिचिएको मानिन्छ भने संविधान संशोधनको बहस चलेको छ गरौँ बहस । तर होइन परम्परा भत्काइयो भन्नुहुन्न भने मैले के भन्नुपर्छ भने यदि त्यही परम्परामा जाने हो भने ६ जनाको उपस्थिति भएको संवैधानिक परिषद्मा आज एक जना नियुक्त हुने छलफल सकिदैनथ्यो । अहिले पनि भागबण्डाको छलफल चलिरहेको हुन्थ्यो साथि हो । हामीलाई भागबण्डामा विश्वास छैन । त्यसकारण हामीले संवैधानिक घेराभित्र रहेर योग्यमध्येबाट एकजनालाई प्रधान न्यायाधीशको लागि सिफारिस गरेका हौँ ।’
संवधैधानिक आयोगमा सिफारिस गरिएका विषयलाई अनावश्यक छलफलको विषय नबनाउन समेत सबैमा आग्रह गर्नुभयो ।
नेपाललाई शान्ति क्षेत्र घोषणा गरौं : रवि किरण हमाल
३ घण्टा अगाडि
चोरी भएका ७३ मोटरसाइकल सवारी धनीलाई बुझाइयो
४ घण्टा अगाडि
११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च
७ घण्टा अगाडि