logo-image

बुधबार, ३१ असार २०८३

धितोपत्र बिक्रीबाट प्राप्त हुने पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा लिने

शुक्रबार, १५ जेठ २०८३ · अर्थ

धितोपत्र बिक्रीबाट प्राप्त हुने पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा लिने


काठमाडौं, जेठ १५ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सूचीकृत कम्पनीका धितोपत्र बिक्रीबाट प्राप्त हुने पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा लिने व्यवस्था गरिएको घोषणा गरेका छन् । यसअघि शेयर वा सम्पत्ति बिक्रीबाट प्राप्त नाफामा पुँजीगत लाभकर लाग्ने व्यवस्था रहेको थियो । नेपालमा विशेषगरी शेयर कारोबारमा ब्रोकरमार्फत स्रोतमा कर कट्टी हुने प्रणाली लागू छ । तर सो कर अन्तिम कर हो वा पछि आय विवरणमा पुनः समावेश गर्नुपर्ने हो भन्ने विषयमा व्यवहारिक अन्योल देखिँदै आएको थियो ।