logo-image

बिहिबार, ०३ वैशाख २०८३

यस्तो बन्ने भयो बालेन शाह नेतृत्वको मन्त्रिमण्डल

शुक्रबार, १३ चैत २०८२ · राजनीति

यस्तो बन्ने भयो बालेन शाह नेतृत्वको  मन्त्रिमण्डल

काठमाडौं, चैत १३ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले आज पद तथा गोपनीयताको शपथ लिने तयारीसँगै आफ्नो नयाँ मन्त्रिमण्डलको स्वरूप पनि टुङ्ग्याउनुभएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल बहुमतको यस सरकारमा प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्नुभएको छ भने सभामुखको भूमिकामा डोलप्रसाद अर्याल चयन हुनुभएको छ। मन्त्रिमण्डलको मुख्य जिम्मेवारीहरूमा अर्थ मन्त्रालय डा. स्वर्णिम वाग्लेलाई, गृह मन्त्रालय सुदन गुरुङलाई र परराष्ट्र मन्त्रालय शिशिर खनाललाई सुम्पिने निर्णय भएको छ।

यसैगरी, कानुन मन्त्रालयमा सोविता गौतम, ऊर्जामा विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधारमा सुनिल लम्साल, र शिक्षामा सस्मित पोखरेलले जिम्मेवारी सम्हाल्नुहुनेछ। अन्य मन्त्रालयहरूमा पर्यटनमा गणेश पौडेल, सूचना तथा सञ्चारमा विक्रम तिमिल्सिना, उद्योगमा डा. अमरेश कुमार सिंह, स्वास्थ्यमा निशा मेहता, संघीय मामिलामा प्रतिभा रावल, कृषिमा गीता चौधरी, श्रममा दीपक साह र महिला तथा बालबालिका मन्त्रालयमा सीता वादी नियुक्त हुनुभएको छ। विज्ञता र युवा नेतृत्वको संयोजन देखिएको यो नयाँ मन्त्रिमण्डलले आजै शपथ लिई कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ।