logo-image

शुक्रबार, २३ असोज २०८३

बलिउड अभिनेता नाना पाटेकरको निधन, पाँच दशक लामो अभिनय यात्रा समाप्त

बिहिबार, २२ असोज २०८३ · मनोरञ्जन

बलिउड अभिनेता नाना पाटेकरको निधन, पाँच दशक लामो अभिनय यात्रा समाप्त

मुम्बई,  असोज २२ । बलिउडका चर्चित  तथा दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित निवासमा उनलाई अचानक कार्डियाक अरेस्ट भएपछि अस्पताल लगिएको थियो।

स्रोतका अनुसार नाना पाटेकरले अघिल्लो रातदेखि टाउको दुखेको बताएका थिए। पछि उनी घरमै अचेत अवस्थामा भेटिएका थिए। अस्पताल पुर्‍याएपछि चिकित्सकहरूले करिब ४५ मिनेटसम्म सीपीआर गरेर बचाउने प्रयास गरे पनि उनलाई बचाउन सकेनन्। उनलाई बिहान ५:२० बजे मृत घोषणा गरिएको बताइएको छ।

नाना पाटेकर बलिउडमा आफ्नो दमदार अभिनय र प्रभावशाली संवादका लागि परिचित थिए। उनले सन् १९७८ मा ‘गमन’ बाट फिल्मी यात्रा सुरु गरेका थिए। उनले परिन्दा, वजूद, यशवन्त, अब तक छप्पन, अपहरण र राजनीति जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए। ‘वेलकम’ फिल्ममा उनले निभाएको ‘उदय शेट्टी’को चरित्रले उनलाई नयाँ पुस्तामाझ पनि निकै लोकप्रिय बनाएको थियो। नाना पाटेकरले अभिनय क्षेत्रमा योगदानका लागि तीन राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरेका थिए। पछिल्लो समय उनी हाउसफुल ५ मा पनि देखिएका थिए।

अभिनयमा आफ्नै छुट्टै पहिचान बनाएका नाना पाटेकरको निधनले बलिउडमा शोक छाएको छ।